पृष्टभुमि:
सबै कुरा परिवर्तनकामि छन । समयसंगै चल्नु हाम्रो आवश्यकता र अपरिहार्यता
हो । शिछा आफैमा अपुर्ण छ । कुनै पनि शिछाले त्यस ब्यक्तिलाई पुर्ण बनाऊन
सक्दैन । यो बाध्यता हो । ऊसमा निहित गुण, बुझ्न र जान्न चाहने उसको
छमता, उसले अध्ययन गर्ने ठाऊ(College) र Course(Degree) ले ब्यक्तीको
पहिचान निर्माण गर्दछ ।
BIM course Faculty Of Management अन्तरगत 2001 मा TU द्वारा सम्बंन्धन
दिईएका college हरुले संचालनगर्दै आएका छन् । Management र IT को समायोजन
नै यस्को प्रमुख बिशेषता हो । केहि बर्ष यता आएर बिस्तारै यस बिषयमा
भर्ना हुन आउने बिधार्थिको संख्या घटिरहेको छ । यो यथार्थ हो । साथ-साथै
पास भैसकेका बिधार्थिहरु पनि सम्बन्धित छेत्रमा जागिर पाउन नसकेको, धेरै
बिदेश अध्ययनार्थ गएको र केहि बेरोजगार भई बस्न बाध्य भएको भन्ने तथ्यांक
आइरहेका छन् । यो दोस्रो यथार्थ हो ।
१. University and Affiliated College २. रोजगारदाताहरु र ३. बिधार्थि र
बिषयको त्रिकोणात्मक संबन्ध(Triangle relationships) रहन्छ । यदि ई
तिनैको समायोजन राम्रो संग हुन सकेन भने माथि ऊल्लेखित समस्याहरु झन
चर्को रुपमा देखा पर्नेछन ।
किन यसो भयो?
१. सुरुबाति बर्षहरुमा कलेजहरुमा बिधार्थिको चाप राम्रै थियो । नया
बिषयमा नया ऊत्साह । पढेपछि के भईन्छ ?. र पढिसकेपछि बिधार्थिहरु रोजगारि
कहां पाऊलान? बिधार्थि र कलेज दुबै निस्चिन्त थिए । समय बित्दै जादा
कलेजहरु आ-आफ्नो डम्फु बजाऊन लागे । हामि राम्रो हाम्रो परिछाफल
यस्तो......यावत यावत । यसले के देखाऊछ भने कलेजहरु गुणात्मक भन्दा
संख्यात्मक पछमा थिए । जस्ले ऊनिहरुको तत्काल नाफा बढाईरहेको थियो ।
बिधार्थिहरुले के बुझ्नु जरुरि छ भने शिछा उनिहरुको पेशा हो नकि सेवा ।
मात्रामा फरक मात्रै हो ।
२. TU ले पनि New Course संचालन गरेपछि ब्यापक गुहकार्य गरेन । सिमित
कलेजका सिमित ब्यक्तिहरुको सल्लाह र सुझावमा काम गर्दै गयो । अनुगमन र
नियमन निकाय फितलो भएपछि बांकिले खेल्ने मौका पाउछन् । भएको त्यत्ति हो ।
३. पढ्ने र पढाउने तरिकामा पनि बार्षिक परिछामा जस्तै गरियो । ३ CrHr
साताको ३ घण्टा पढाउनु पर्नेमा ६ घण्टा पढाईयो । जस्ले गर्दा बिधार्थिले
राम्रो संग Project Work गर्न पाउदैनन् । आर्को भनेको Subject Expert हरु
एकदमै कम छन कलेजहरु संग। यो नै सबैभन्दा ठुलो दुर्भाग्य हो
बिधार्थिहरुको लागी ।
४. ७-८ बर्षको दौरानमा कलेजहरुले बिभिन्न रोजगारदाताहरु संग सहकार्यको
निति अवलम्बन गरेनन् । कमैमात्रमा यस बिषयको बारेमा रोजगारदाताहरुलाइ
थाहा छ । TU मुख्यरुपमा दोषि छ । लोकसेवालाई पनि यस बारेमा जानकारि छैन ।
५. केहि हदसम्म हामि बिधार्थिहरु पनि दोषि छौ । हामि पनि रिजल्टमै रमायौ
भबिष्य सोचेनौ । बिभिन्न खाले कोर्षहरु आफै गर्दा हुन्थ्यो तर सबैले
त्यसो गर्न चाहेनौ । खर्चको समायोजन पनि हाम्रो लागि चुनौति हो ।
सोच्नु पर्ने कुराहरु:
१. BIM आफेमा एउटा Discipline हो । Computer Science र Computer
Engineering संग यसलाई दाजेर हेर्नु उपयुक्त हुदैन र हेर्नु पनि हुदैन ।
२. Specialization Course Change गर्न सकिन्छ नकि Core Course हरु । यो
सामान्यतया कहिपनि गरिदैन Market Demand को नाममा । होईन भने Spring
and Fall Session मा फरक फरक Course पढाउन सक्नु पर्यो ।
३. Core Course change गर्दा त्यसले ल्याउने प्रभावको बारेमा अध्ययन
गर्नु जरुरि छ किनकि BIM नै अन्तिम पढाई होईन ।
के गर्ने त?
१. BIM पढाउने कलेजहरुका बिच आपसि सम्बन्ध बढाउन जरुरि छ । Teaching
Methodology, Project work, Evaluation system को बारेमा न्युनतम आधार
तोक्नु जरुरि छ ।
२. Faculty Empower गर्नु अपरिहार्य छ । Full time Faculty member को
संख्या बढाउनु पर्ने देखिन्छ ।
३. अन्य बिश्वबिधालयका Subject Expert , Employer र कलेजहरु मिलेर आयोग
बनाएर यस्को आवस्यकता र बास्तबिकता उजागर गर्ने र लागु गर्ने । अहिले
जस्तो १-२ जना Graduate र ४-५ जना Undergraduate मिलेर होईन ।
४. सबै कलेजले बर्षेनि न्युनतम रु. २ लाख देखि ५ लाख सम्म Research and
Development मा खर्च गर्ने । यसमा University Grants Commission ले पनि
सहयोग गर्नु पर्ने दखिन्छ आवस्यकता अनुसार ।
५. हप्ताको ३ दिन ३ घण्टा मात्रै पढाउने र बाकि समयमा Research मा संलग्न
गराउने ।
अन्त्यमा:
के Course Change गर्दैमा सबै बिधार्थिले रोजगार पाउछन त????
प्रश्न महत्बपुर्ण छ । बाकि कुराहरुमा पनि Revise or Change गर्नु पर्यो
। हो २-३ बर्ष सम्म पनि Course revise हुनु पर्ने हो भएको छैन ।
जुन ऊदेश्य र लछ्यका साथ BIM Course बनाईएको थियो सम्बन्धित कलेजहरु र TU
ले पालना गरेका छन त???
होईन भने कसैको निहित स्वार्थपुर्तिका लागि वा सम्बन्धित बिषय पढाउन
Faculty नपाउने समस्याले Change गर्ने मनसाय हो भने दुर्भागयपुर्ण छ ।
होईन भने माथिको प्रश्नको उत्तरदिनु जरुरि छ सम्बन्धित निकायहरुले ।
यस्तै हो भने BIM Course छ होईन थियो हुनेछ ।